काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षले काठमाडौंमा ‘धोती जुलुस’ निकालेको छ ।
राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा ‘धोती जुलुस’ आयोजना गरेको हो । काठमाडौंका विभिन्न स्थानबाट सुरु भएको मोटरसाइकल र्यालीसहितको धोती जुलुस माइतीघर मण्डलामा पुगेर मूल जुलसमा परिणत भएको थियो ।
महेश बस्नेतको नेतृत्वमा निकालिएको जुलुसका केही सहभागीहरुले धोती कुर्था नै पहिरिएका थिए । प्रदर्शनकारीले ‘धोती, कुर्ता, गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’ नारालेखिएका ब्यानर बोकेका छन् ।
जुलुस कमलादीस्थित प्रज्ञा भवनमा पुगेर सभामा परिणत भएको छ । सभालाई महेश बस्नेत लगायतका नेताहरुले सम्बोधन गर्दैछन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com