एजेन्सी, पुस २५ । एस्टन भिल्लामाथि शानदार जित निकाल्दै प्रिमियर लिग च्याम्पियन लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको तेस्रो चरणको खेलमा एस्टन भिल्लामाथि ४–१ को सहज जित निकाल्दै चाैथाे चरणमा प्रवेश गरेकाे हाे । एस्टन भिल्लाकाे मैदानमा लिभरपुलले पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल गरेको हो । उसका लागि साडिओ मानेले चौथो र ६३ औँ मिनेटमा गोल गरे ।

यस्तै जर्जिनिओ विनाल्डमले ६० औँ तथा मोहम्मद सालहले ६५ औँ मिनेटमा गोल गरे । एस्टन भिल्लाका लागि १७ वर्षे किशोर लुई ब्यारीले ४१ औँ मिनेटमा एक गोल फर्काएका थिए । अर्को खेलमा क्रिष्टल प्यालेसलाई १–० ले पराजित गरेको वुल्भ्स पनि चौथो चरणमा प्रवेश गरेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com