एजेन्सी, पुस २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर ह्याण्डल स्थाी रूपमा निलम्बन भएकाे छ ।
सामाजिक सञ्जाल ट्वीटरले राष्ट्रपति ट्रम्पको ह्याण्डल स्थायी रुपमा निलम्बित गरिएको जनाएको हो । ‘थप हिंसाका लागि भड्काउन सक्ने खालका सामग्री पोस्ट हुन सक्ने जोखिमका’ कारण ट्रम्पको ह्याण्डल स्थायी रुपमा बन्द गरिएको ट्वीटरले जनाएको छ ।
यसअघि गएको बुधबार संसद भवनमा ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेपछि १२ घण्टाका लागि ट्वीटरले राष्ट्रपतिको ह्याण्डल निलम्बित गरेको थियो । ट्रम्पको उक्साहटमा उनका हतियारधारी समर्थकले संसद भवनमा आक्रमण गर्दा पाँचजनाको मृत्यु भएको छ ।
यसअघि १२ घण्टा एकाउन्ट लक गर्दा नै आफ््नो नियम उल्लंघन गरेमा ट्रम्पलाई सदाका लागि प्रतिबन्ध लगाउने ट्वीटरले बताएको थियो ।
ट्रम्पले बुधबार संसद भवनमा आक्रमण गर्नेहरुलाई देशभक्त भनेर धेरै ट्वीट गरेका थिए ।
यसअघि बिहीबार फेसबुकले ट्रम्पलाई अनिश्चितकालका लागि प्रतिबन्ध गरिएको जनाएको थियो। चुनावमा पराजित भएका ट्रम्पले बिना प्रमाण धाँधलीको आरोप लगाउँदै आएका छन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com