इन्डोनेशियाको राजधानी जकार्ताबाट उडान भरेको केही समयमै ६२ यात्रु सवार विमान बेपत्ता

२६ पुष २०७७, आईतवार ०७:१४

एजेन्सी । इन्डोनेशियाको राजधानी जकार्ताबाट उडान भरेको केही समयमै एक यात्रु विमान बेपत्ता भएको छ ।

श्रीविजया एयर बोइंग ठघठ–छण्ण् विमान जकार्ताबाट उडेको केही समयमा वेस्ट कलिमनतन प्रान्तमा पुगेसँगै विमान सम्पर्कबिहिन भएको अलजजीराले उल्लेख गरेको छ । 

 विमानमा ५६ यात्रुसहित चालकदलका ६ जना रहेको बताइएको छ । जहाजको ट्रयाकिङ गर्ने वेबसाइट फ्लाइट राडार ट्वेण्टी फोरका अनुसार जहाज १ मिनेटको अन्तरमा १० हजार फीट तल झरेको थियो ।

इण्डोनेसियाको यातायात मन्त्रालयले जहाजको खोजी भइरहेको बताएको जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.