मेस्सी र ग्रिजम्यानको गोलमा बार्सिलोनाको फराकिलाे जित

एजेन्सी, पुस २६ । स्पेनिस लालिगा अन्तर्गत गएराति भएकाे खेलमा बार्सिलाेनाले फराकिलाे जित निकालेकाे छ ।

बार्सिलाेनाकाे जितमा लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले दुई–दुई गोल गर्दा बार्सिलोनाले शानदार जित दर्ता गरेको हाे ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनालो १० खेलाडीमा सीमित भएको ग्रानाडालाई ४–० ले पराजित गरेको हो । पहिलो हाफमा तीन गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गरेको हो । उसका लागि ग्रिजम्यानले १२ र ६३ औँ तथा मेस्सीले ३५ र ४२ औँ मिनेटमा गोल गरे ।

७८ औँ मिनेटमा भालेजो सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि ग्रानाडा १० खेलाडीमा सीमित भयो । जितपछि तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाको १८ खेलबाट ३४ अंक भएको छ । १७ खेलबाट २४ अंकसहित ग्रानाडा सातौँ स्थानमा छ ।

शनिबार राति नै भएको अर्को खेलमा सेभिल्लाले रियल सोसिडाडलाई ३–२ ले पराजित गरेको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस