काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टाभित्र सात लाख सात हजार ७४० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा १२ हजार २४९ जनाको मृत्यु भएको छ ।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड ३९ हजार ६४६ र मृत्यु हुनेको संख्या १९ लाख ३३ हजार ४०९ पुगेको छ ।
पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ३६ हजार २२७ जना रहेका छन । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ११२ जनाको मृत्यु भएको छ ।
भारतमा पछिल्लो २४ घण्टाभित्र १८ हजार ८१३ जना नयाँ संक्रमित थपिएका छन । त्यहाँ थप २१३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५९ हजार ९३७, इटलीमा १९ हजार ९७८, ब्राजिलमा ६० हजार ७८, जर्मनीमा १९ हजार १८९, रसियामा २३ हजार ३०९, फ्रान्समा २० हजार ११७, कोलम्बियामा १५ हजार ७९५ तथा इरानमा पाँच हजार ९२४ जना नयाँ संक्रमित थपिएका छन ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com