नेपालका लागि संघीयता बोझ भयोः कमल थापा


स्याङजा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको माटो सुहाउँदो गणतन्त्र नभएको बताउनुभएको छ ।

स्याङजामा झण्डोत्तलन तथा चुनाव चिन्ह ‘हलो’ को अनावरण गर्दे उहाँले नेपाल जस्तो मुलुकका लागि संघीयता बोझ रहेको बताउनुभयो ।

उहाँले देशले संघ, प्रदेश र स्थानीय तहका सयौं कर्मचारी र जनप्रतिनिधि पाल्न नसक्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीका कारणले गर्दा देशमा खतरा बढेको भन्दै पुष्पकमल दाहाल र माधवकुमार नेपाल बिरोधमा उत्रनु लज्जाबोध भएको टिप्पणी गर्नुभयो ।

अध्यथ थापाले कम्युनिष्ट र कांग्रेसको बिकल्पमा राप्रपाको आवश्यकता रहेकोमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीको असफलतावाट मुक्ति पाउन ताजा जनादेशमा जानुको बिकल्प नरेको थापाको भनाइ थियो । कार्यक्रममा केन्द्रीय सदस्य मदनबहादुर कार्की, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष हिक्मतजंग कार्की लगायतले बोल्नु भएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope