काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन भएको छ।
एकसाता अघि जन्मस्थान दैलेख पुगेका शाहीको आइतबार राति मृत्यु भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
विभिन्न स्वास्थ्य समस्याबाट पीडित शाही केही समयअघिदेखि सार्वजनिक कार्यक्रममा देखिन छोडेका थिए । शाही सन् १९८२ देखि १९८९ सम्म नेपालको राष्ट्रिय टिमबाट खेलेका थिए । सन् १९८४ मा साग फुटबलमा स्वर्ण जित्दा शाही नेपाली राष्ट्रिय टिमको सदस्य थिए।
शाहीलाई नेपाली फुटबल जगतमा उत्कृष्ट गोलकिपरमा मानिन्छ । शाही सन् १९९५ देखि २००२ सम्म एन्फाको महासचिव समेत बनेका थिए ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com