कोरोना विरुद्धकाे खाेप प्रयोग पारदर्शी रुपमा गरिन्छः स्वास्थ्य मन्त्री त्रिपाठी


काठमाडौं, पुस २७ । नेपालमा कोरोना खाेपकाे प्रयाेग पारदर्शी रूपमा प्रयाेग गर्ने स्वास्थ्य मन्त्री हृदेयस त्रिपाठीले प्रतिवद्धता जनाएका छन् ।

नेपालमा पनि कोरोना भ्याक्सिन ल्याउने तयारी भइरहेको बताउदै मन्त्री त्रिपाठीले ल्याउन लागेकाे भ्याक्सिन पारदर्शी रुपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मन्त्री त्रिपाठीले कोरोना विरुद्धको खोप छिटै आउने बताएका छन् । उनले खोप पारदर्शी ढंगले ल्याइने र न्यायपूर्ण रुपमा वितरण हुने दावी गरेका हुन् ।

स्वास्थ्य सचिव लक्ष्मण अर्यालले २ देखि ८ डिग्री तापक्रमका लागि १ करोड ७७ लाख डोज खोप राख्न मिल्ने गरी भण्डारण तयार भइरहेको बताए । माइनस २० डिग्री तापक्रममा राख्ने खोप पाएपनि कम्तीमा ३ प्रतिशत अर्थात ९ लाख ११ हजार भन्दा बढी डोज राख्न मिल्ने क्षमता रहीसकेको उनको भनाई छ ।

 कोरोना खोप ल्याउने तयारी भएपनि नेपालमा कोरोना परिक्षणको दायरा भने क्रमश कम्जोर बन्दे ऊउको छ । पछील्लो चौबीस घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरीएको ५ हजार ३ सय ९ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकमा ३ सय १४ जना सहित देशभर ४ सय ८८ जनामा कोरोना संक्मरण पुष्टि भएको छ ।

देशभर हालसम्म कोरोना पुष्टि हुने संख्या २ लाख ६५ हजार २ सय ६८ जना रहेका छन् । कोरोनाका कारण थप १० जनाल् ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ हजार ९ सय २७ जना रहेका छन् ।चौबीस ३ण्टामा कोरोनाका संक्रमण मुक्त ५ सय २७ जना भएका छन् ।हालसम्म कोरोना मुक्त हुने संख्या २ लाख ५८ हजार ९ सय ६८ जना रहेका छन् ।

कोरोना मुक्त हुने प्रतिशत ९७ दशमलव ६ रहेको छ । देशभर क्वारेन्टिनमा २ सय ३७ जना र संक्रिय संक्रमित संख्या ४ हजार ३ सय ७३ जना रहेको मन्त्रालयले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope