काठमाडाैं, पुस २८ । सरकारले आगामी वैशाखमा हुने निर्वाचनको तयारी तिव्र बनाएको छ । सोमबार गृहमन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले तीन वटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।
उनले मुलुक प्रतिनिधिसभाको आगामी निर्वाचन तर्फ केन्द्रित भईसकेकोले निर्वाचन सुरक्षाको लागि आवश्यक तयारी गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् ।
गृहमन्त्रालयमा बैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने सम्बन्धमा गृहमन्त्रीसहित, अर्थमन्त्री र तीन वटै सुरक्षा निकायका प्रमुखहरुबीच छलफल भएको थियो ।
छलफलमा गृहमन्त्री वादल, अर्थमन्त्री विष्णु प्रसाद पौडेल, गृह सचिव, अर्थ सचिव र तीन वटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा बैठक सम्पन्न भएको छ ।
उक्त बैठकमा गृह मन्त्रालय तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको तर्फबाट हाल मौजुदा श्रोत साधन तथा निर्वाचन प्रयोजनमा आवश्यक पर्ने थप श्रोत साधन व्यवस्थापन सम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत भएको गृहका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।
बैठकमा अर्थमन्त्री पौडेलले विगतका निर्वाचनमा भएको खर्च विश्लेषण गरी मितव्ययितालाई ध्यान दिई निर्वाचन केन्द्रित वजेट प्रस्ताव गरी गृह मन्त्रालय मार्फत पठाउन सुरक्षा निकायहरूलाई निर्देशन दिंदै निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने वजेटको अभाव हुन नदिइने प्रतिवद्धता व्यक्त गरेका छन् ।
निर्वाचनको पक्षमा क्रमश माहौल बन्दै गइरहेको बर्तमान अवस्थामा लोकतान्त्रिक अभ्यासमा संलग्न राजनीतिक दल लगायत सबै सरोकारवालाहरूले आआफ्ना कार्यक्रम तथा गतिविधि सञ्चालन गर्दा विगतमा जस्तै शान्तिपूर्ण रूपले गर्न÷गराउन गृहमन्त्रालयले आग्रह गरेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com