दाहाल-नेपाल समूहले आज तीन वटा प्रदेशमा कार्यकर्ता भेला गर्दै


काठमाडौं : नेकपाको दाहाल-नेपाल समूहले आज तीनवटा प्रदेशमा बृहत कार्यकर्ता भेला गर्दैछ । दाहाल-नेपाल समूहले प्रदेश नम्बर दुई, गण्डकी र कर्णाली प्रदेशमा बृहत् कार्यकर्ता भेला गर्न लागेको हो ।

गण्डकी प्रदेशस्तरीय भेलामा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पोखरा जाँदैछन् । पार्टीमा आन्तरिक मतभेद सिर्जना भएपछि अन्य प्रदेशमा जस्तै गण्डकीमा पनि दुवै समूहको छुट्टाछुट्टै कार्यक्रम गरिरहेका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दाहाल-नेपाल समूहले दोस्रो चरणको संघर्षका कार्यक्रम गरिरहेको छ । सोमबार सो समूहले लुम्बिनी, प्रदेश एक र सुदुरपश्चिममा बृहत कार्यकर्ता भेला गरेको थियो ।

प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको बारे कार्यकर्तालाई अभिमुखिकरण गरी जनस्तरसम्म प्रचारप्रसार गर्न तल्लो तहसम्म भेला गरिएको सो समूहले जनाएको छ ।

दाहाल-नेपाल समूहले दोस्रो चरणमा आगामी माघ तेइस गतेसम्मका लागि संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ । ओली पक्षले पनि जिल्ला-जिल्लामा भेला गरिरहेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope