पोखरा । नेकपाको प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही प्रवृत्तिलाई परास्त गरेरै छाड्ने दावी गरेका छन्।
प्रचण्ड नेपाल पक्षले मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको तानाशाही र निरंकुश प्रवृत्ति लामो समयसम्म नचल्ने बताए ।

प्रवक्ता श्रेष्ठले पार्टीको स्थायी समिति बैठक चलिरहेका बेला प्रधानमन्त्री ओली बैठकबाट भाग्दै हिँडेको आरोप लगाउँदै आफुहरु भगौडा नभएको स्पष्ट पारे । उनले पार्टीमा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने कुनै छलफल नुहँदै ओलीले पदबाट हटाउँछन् कि भन्ने आशंकाका भरमा प्रतिनिधि सभा विघटन गरेको बताए ।
तत्कालिन एमाले र तत्कालिन माओवादी केन्द्र बीचको एकतालाई ओलीले पद प्राप्त गर्ने साधन मात्र बनाएको उल्लेख गर्दै श्रेष्ठले सो एकता देशलाई अग्रगमनमा लैजान, समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न गरिएको दाबी गरे ।
प्रवक्ता श्रेष्ठले पार्टी विभाजन भएसँगै प्रधानमन्त्री ओली पक्षले देशभर प्रधानमन्त्री आोलीले निर्वाचन आयोग र सर्वोच्च अदालतमा सेटिङ मिलाएको र प्रतिनिधि सभा पुनःस्थापना पनि नहुने, सूर्य चिन्ह र आधिकारि पार्टी आफ्नो हुने हल्ला चलाइरहेको बताउँदै यस्तो हल्लाका बिषयमा आयोग र सर्वोच्चको ध्यान जानुपर्ने बताए ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com