पोखरा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गर्न नपाइने बताएका छन् ।
पोखरामा मंगलबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक तरिकाले प्रतिनिधिसभा भंग गरेको आरोप लगाए । पार्टीभित्रको विवादलाई थेग्न नसकेर हुतिहारा पारामा ओलीले सार्वभौम संसद विघटन गर्ने असंवैधानिक खेल खेलेको प्रचण्डले आरोप लगाए ।
अध्यक्ष प्रचण्डले पार्टीको नाम र सूर्य चिन्ह आफुहरुकै हुने दाबी गरेका छन् । उनले ५० प्रतिशत केन्द्रीय सदस्य हुनेले नाम र चिन्ह पाउने भए पनि आफूहरूसँग ७० प्रतिशत केन्द्रीय सदस्य रहेको प्रचण्डको दाबी गरे । निर्वाचन आयोगमा सोमबार पुगेर सबैकुरा बुझेपछि पार्टीको नाम र चिन्ह प्राप्त गर्नेमा थप प्रष्ट भएको उनले जिकिर गर्दै कानून विपरितको कार्य गर्न खोजे आँधी बेहरी आउने चेतावनी दिए ।
अध्यक्ष जनयुद्धले नेपालमा राजनीतिक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताए । प्रधानमन्त्री ओलीले जनयुद्धलाई कुहिएको फर्सी भनेको सुन्दासन्दै पनि पूर्व माओवादीका केही व्यक्तिहरु कसरी उनीसँगै बस्न सकेको भनि प्रश्न गरे । उनले भने, ‘मलाई लाज लागेको छ, ओलीले जनयुद्धलाई कुहेको फर्सी भन्नुभएछ’, अध्यक्ष प्रचण्डले भने, ‘जनयुद्धलाई कुहेको फर्सी हो भनेको कसरी सुनेर बस्न सकेको हो ?
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com