काठमाडौ, पुस २९ । नेकपा दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेकपा नाम र सूर्य चुनाव चिन्ह आफूहरुकै हुने दाबी गरेका छन् ।
बुधबार नेकपा काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आधिकारी नेकपा आफूहरु भएको बताउँदै सूर्य चिन्ह आफुहरुले नपाए आँधीबेहरी ल्याउने चेतावनी दिए । अध्यक्ष दाहालले केपी ओलीले संविधाान मिचेर छुरा धसेजस्तै अरु संवैधानिक निकायले पनि त्यसै गरे भने जनता हेरेर नबस्ने चेतावनी समेत दिए ।
पार्टी एकता गर्दा हतार नगरेको भन्दै दाहालले पार्टी एकता टुट्नुमा ओली नै दोषी रहेको दाबी गरे । उनले ओली यथार्थ भन्दा बाहिर गएर नौटंकी गरिरहेको भन्दै ओलीका तर्क सुन्दा जोकर भएको जस्तो लाग्ने बताए । अध्यक्ष दाहालले केपी ओलीले संविधाान मिचेर छुरा धसेजस्तै अरु संवैधानिक निकायले पनि त्यसै गरे भने जनता हेरेर नबस्ने चेतावनी समेत दिए ।
उनले बैठकमा नआउने ओली भगौडा भएका भन्दै ओलीको काम लाजमर्दो रहेको आरोप लगाए । उनले संसद विघटन भारतको इशारामा गरेको हो भनी प्रश्न समेत गरे । सगरमाथाको नाम परिवर्तन गर्ने भारतीय प्रयास भन्दै जिन्युजको अभियानको पनि उनले आलोचना गरे । उनले जिन्युजका सुधीर चौधरीलाई प्रधानमन्त्री ओलीले दिएको अन्तर्वार्तालाई नौटंकीको संज्ञा पनि दिए ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com