एजेन्सी, पुस २९। म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १–० ले पराजित गरेको हो ।
अवे मैदानमा भएको खेलमा ७१ औँ मिनेटमा पउल पोग्बाले गोल गरेर टिमलाई जित दिलाएका हुन् । सो गोलका लागि मार्कस राशफोर्डले सहयोग गरेका हुन् । जितपछि शीर्ष स्थानमा पुगेको १७ खेलबाट ३६ अंक भएको छ । दोस्रो स्थानको लिभरपुलको ३३ अंक छ ।
लिग अन्तर्गत मंगलबार राति भएका अरु खेलमा एभर्टनले वुल्भ्सलाई २–१ तथा शेफिल्ड युनाइटेडले न्यूक्यासललाई १–० ले पराजित गरेका छन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com