काठमाडौं, पुस २९ । रुसले कोरोना भाइरस विरुद्धको दुई करोड ५० लाख डोज खोप नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ ।
रुसको विदेश मन्त्रालयले स्पुतनिक भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको जनाएको अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले उल्लेख गरेको छ ।

रुसले विकास गरेको स्पुतनिक–भी खोपको प्रभावकारिता ९५ प्रतिशत रहेको बताइएको छ । यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिडोज १० अमेरिकी डलर तोकिएको छ ।
यो खोप रुस, बेलारुस, अर्जेन्टिना लगायतका देशमा दिन थालिसकिएको छ । पचास भन्दा बढी मुलुकले यसको डेढ अर्ब डोज माग गरिसकेका रुसले जनाएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com