काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायु र स्थानिय वायुको सामान्य प्रभाव रहेको छ ।
हाल देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ । तराईका भू–भागमा हल्का हुसु र कुहिरो लागेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १७ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना छ । देशका अन्य भू–भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना देखिएको छ ।
प्रदेश १ र गण्डकी प्रदेशका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। त्यसैगरी आज राती प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरैजसो भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।
देशका अन्य भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना छ । प्रदेश नं १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com