काठमाडौं, माघ १ । ‘नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से हाई स्पिड किक तेक्वान्दो च्याम्पियनसिप’ माघ दोस्रो साता काठमाडौंमा हुने भएको छ ।
कोटेश्वर तेक्वान्दो डोजाङ्ग, स्युचाटार तेक्वान्दो डोजाङ्ग, मूलपानी तेक्वान्दो डोजाङ्ग, बाल गिताञ्जली स्कुल, मर्निङ्ग ग्लोरी र काभ्रेस्थली तेक्वान्दो डोजाङ्गको संयुक्त आयोजनामा हुन लागेको यो प्रतियोगितामा विश्वका २९ देशबाट १ हजार ३ सयभन्दा धेरै खेलाडी सहभागी हुने प्रतियोगिताका संयोजक एवं तेक्वान्दो मुख्य प्रशिक्षकले जानकारी दिए ।
नेपालमै पहिलो पटक हुन लागेको हाई स्पिड किक च्याम्पियनसिप प्रतियोगिता आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिए । कोरोना भाइरसको महामारीका कारण घरैमा बस्न बाध्य भएका खेलाडीलाई लक्षित गरेर भर्चुअल प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा पुम्सेतर्फ ६० र हाई स्पिड किकमा ३० गरी जम्मा ९० इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिए । तेक्वान्दोको पुम्सेमा पुरुष महिलाको किड्समा ५र५, पिवीमा ५र५, सब जुनियरमा ५र५, क्याडेटमा ५र५, सिनियरमा १र१, यु–४० मा १र१, यु–५० मा १र१ र ६० वर्षमाथिमा १र१ गरी जम्मा ६० विधामा स्पर्धा हुनेछ ।
तीन देशका विभिन्न हिंसा पीडित तथा शरणार्थी खेलाडीलाई निःशुल्क प्रवेश गराइने आयोजकले जानकारी दिए ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com