काठमाडाैं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले आजबाट राजधानीमा सुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
राजेश पुलामिको अलराउन्ड प्रदर्शन र कप्तान विनोद भण्डारीको सतकीय इनिङ्सको मद्दतमा आर्मीलो गण्डकी प्रदेशलाई हराउँदै प्रतियोगितामा विजयी सरुआत गरेको हो ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले हराउन सफल भएको हो । आर्मीका कप्तान विनोद भण्डरीको घरेलु प्रतियोगितामा पहिलो सतकीय इनिङ्स खेल्दा आर्मीले गण्डकी प्रदेशसामु २ सय ८८ रनको मध्यम लक्ष्य दिएको थियो । विनोदको घरेलु क्रिकेटको जुनसुकै संरचनामा यो पहिलो शतक हो ।
जवाफी ब्याटिङ गरेको गण्डकीले १ सय ८९ रन जोड्दै गर्दा सबै विकेट गुमाउन पुग्यो । खेलमा गण्डकीका समिर कडेलले अर्थसतकीय पारी खेल्दा ओपनर अर्जुन कुमाल ३६ तथा दीपक डुम्रेले २६ रनको व्यक्तिग स्कोर बनाउँदा अन्य ब्याट्सम्यान आर्मीका बलर सामु खुलेर खेल्न सकेनन् । गण्डकीलाई सस्तैमा समेट्नका लागि आर्मीका राजेश पुलामीले सर्वाधिक ५ विकेट हात पार्दा भिम सार्कीले ३ तथा रोहित पौडेले र आकाश चन्दले समान १÷१ विकेट लिए ।
यस अघि टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धातिर ५० ओभरको समाप्तिमा ६ विकेट गुमाएर २ सय ८७ रन जोडेको थियो । ओपनर राजु रिजाल र हरे कृष्णा झाले पहिलो विकेटका लागि राम्रो साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पु¥याएका थिए । सतकीय पारी खेलेका भण्डारीले छैटौं विकेटका लागि लोकेश बमसँग १ सय ३ रनको शतकीय साझेदारी गरेका थिए । भण्डारीले ७६ बलमा ९ चौका र पाँच छक्काको मद्दतमा १ सय ११ रन बनाए । निकै आकर्षक ब्याटिङ्ग गरेका लोकेशले पनि आर्मीको लागि आफ्नो पहिलो खेलमा ३० बलमा तीन चौका र दुई छक्काको मद्दतमा ४२ रनको पारी खेले ।
भण्डारीले राजेश पुलामी मगरसँग पाचौं विकेटका लागि ७३ रन पनि जोडेका थिए । राजेशले ५२ बलमा चार छक्का प्रहार गरे । राजेशले ७१ बलमा चार चौका र एक छक्काको मद्दतमा ४५ रन बनाए । गण्डकीका लागि बिपिन खत्री र बिशाल पौडेलले २–२ विकेट लिएका थिए । आर्मीका लागि रोहित कुमार पौडेल १० र भिम सार्कीले १५ रनको योगदान गरेका थिए ।
पहिलो खेल गुमाएको गण्डकीले दोस्रो खेल माघ ५ प्रदेश १ सँग मुलपानीमा खेल्ने छ भने आर्मीले माघ ४ मा कर्णालीसँग मुलपानी नै प्रतिस्पर्धा गर्ने छ । प्रतियोगितामा शनिबार अर्को विभागीय टोली एपिएफ र प्रदेश नं १ बीच प्रतिसपर्धा हुने तालिका छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com