सुनसरीको ६ वटा घरमा आगलागी हुँदा डेढ करोड बढीको क्षति

३ माघ २०७७, शनिबार १४:५३

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर–५ को बसन्तपुरमा शुक्रवार साँझ भीषण आगलागी हुदाँ डेढ करोड भन्दा बढीको क्षति भएको छ ।

हरिनगर–५ बसन्तपुरका रमेश मण्डल, विवेक मण्डल, मोहन मण्डल, पशुपति मण्डल, तपेन मण्डल, पृथ्वीचन्द मण्डल, माधव मण्डल, सुरेश मण्डल र मैतोल देवी मण्डलका छ वटा घरमा आगलागी भएको हो ।

आगलागीबाट धान, चामल,गहुँ र नगद सहित जलेर नष्ट भएको छ । आगो इनरुवा नगरपालिका र कोशी गाउँपालिकाको बारुण यन्त्र, सुरक्षाकर्मी र स्थानीयबासीको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिएको थियो ।

गाँउपालिका अध्यक्ष गफार अन्सारी मियाँ, नेपाल रेडक्रस सोसाइटी हरिनगरका सभापति कृष्णप्रसाद देव नेतृत्वको टोलीले राहत वितरण गरेको हो । गाँउपालिकाले नगद पाँच हजार र रेडक्रसले भाँडाकुडा वितरण गरेको हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.