शेरबहादुरको ढुलमुले चरित्रले कांग्रेसको भूमिका कमजोर: शेखर कोइराला


विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ढुलमुले चरित्रका कारण कांग्रेसले ‘प्रतिगमनको विरोध’ मा सशक्त भूमिका खेल्न नसकेको कांग्रेस नेता डा शेखर कोइरालालेआरोप लगाएका छन् ।

उनले केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेस  एक ढिक्का भएर सशक्तरुपमा आन्दोलनमा जानुपर्ने बताएका छन् ।

शनिबार विराटनगरमा आयोजित मानव अधिकार तथा शान्ति समाज मोरङको साधारण सभामा बोल्दै नेता कोइरालाले भने– सभापति शेरबहादुरकै कारण कांग्रेसले प्रतिगमन हुन नदिन र भैसकेपछि विरोधमा सशक्त भूमिका खेल्न सकेको छैन।

मुख्य प्रतिपक्षी दल भएर कांग्रेसले पनि खेल्नुपर्ने जति भूमिका सशक्त्त ढंगले निभाउन नसक्दा संघीयता र गणतन्त्र खतरामा पर्ने सम्भावना बढेको कोइरालाले बताए ।

प्रचण्ड र माधवसँग बदला लिन र वैशाखमा चुनाव गराउन यो प्रतिगमन नभएको भन्दै नेता कोइरालाले संसद विघटन गर्नुको पछाडि गहिरो षड्यन्त्र रहेको दावी गरे ।

डा कोइरालाले अब काँग्रेसले अदालतको फैसलालाई नपर्खी प्रष्ट भएर आन्दोलनमा जानुपर्ने बताए । कांग्रेस सभापति देउवाले अदालतको बहाना बनाउँदै प्रतिगमनविरुद्ध नोबोल्न पार्टीमा रुलिङ गरेको समेत बताए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope