काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पु-याउने डरलाग्दो षडयन्त्र भइरहेको बताएका छन् ।
आइतबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पु-याउने डरलाग्दो षडयन्त्र भएको बताएका हुन् । यस्तो षडयन्त्रको विरुद्ध आक्रमक आन्दोलन गर्नुपर्ने उनको भनाइ छ ।

सर्वोच्च अदालत र निर्वाचन आयोगमा सेटिङ भएको भन्ने आफुहरुले आशंका नगरेको भएपनि प्रधानमन्त्री ओलीको सेटिङमा भने शंका भएको उनले बताए ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र, संविधान र जनादेशको विरुद्दमा उभिएको बताए ।ओलीले पहिलेदेखि नै गुटबन्दी गर्दै आएको बताउँदै सरकारमा गएपछि दक्षिणपन्थी अवसरवाद लागु गरी प्रतिक्रान्ति गरेको खनालले आरोप लगाए ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता भिम रावलले विगतमा भएका विभाजनका श्रृङ्खलाहरुलाई समाप्त गर्नेगरी पार्टी एकिकरण भएको भएपनि एकीकरणले ओलीलाई प्रधानमन्त्री बनाउनुबाहेक केही हुन नसकेको टिप्पणी गरे । ओलीले देशलाई स्थायित्व दिन आफैले गरेको हस्ताक्षरलाई आफैले निर्लज्ज रुपमा च्यातेर फ्याकेको बताए ।
प्रचण्ड–नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरुद्धमा निरन्तर संघर्षका कार्यक्रम गरिरहेका छन् भने विभिन्न जनवर्गिय संगठनहरुको भेलालाई पनि तिव्रता दिएका छन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com