आजको राशिफल, आजको दिन तपाईंका लागि कस्तो रहला ?

४ माघ २०७७, आईतवार ०९:००

आज मिति २०७७ साल माघ ४ गते आइतबार तदनुसार सन २०२१ जनवरी महिनाको १७ तारिख, पौष शुक्ल पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, शतभिषा नक्षत्र, चौथी तिथी, वरियान योग, भद्रा करण, आज चन्द्रमा कुम्भ राशीमा रहनेछ, आजको शुभ मूहुर्त बिहानको ११ बजेर ५३ मिनेटबाट १२ बजेर ३५ मिनेटसम्म रहने छ। आजको अमृत समय बिहानको १० बजेर ५५ मिनेटबाट १२ बजेर १४ मिनेटसम्म रहने छ। आजको राहुकाल दिउँसोको ४ बजेर १२ मिनेट देखि ५ बजेर ३१ मिनेटसम्म रहने छ, राहुकालमा शुभ कार्यहरु वर्जित छन् ।

मेष राशी –चुचेचोलालिलुलेलो

समय मिश्रित रहनेछ । अपरान्ह सम्म मनमा प्रसन्नता, आर्थिक लाभ, पाहुना वा आफन्त भेटको योग छ भने १२ बजेपछि समय प्रतिकुल बन्न सक्छ, मानसिक तनाव तथा शारिरिक पिडा, शोक तथा कष्ट, अनावश्यक खर्च, आर्थिक हानी, कामहरु बिग्रन सक्ने वा गरेका कामको जस नपाउने अवस्था आउन सक्छ ।

वृष राशी– वाविवुवेवो

दिन राम्रो रहनेछ । चिताएको पुग्ने, कार्यमा सफलता, उत्तम स्वास्थ्य, आर्थिक लाभ हुने । साथीहरुको सहयोग पाइने । मित्र अथवा पाहुनाहरुसँग उत्तम भोजन तथा भोग विलास र रमाइलोमा समय बित्न सक्नेछ, परिवार कुटुम्बबाट लाभ प्राप्त हुने योग छ । आय स्रोतमा बृद्धि, गरेका कार्यहरु सफल हुने समय छ । सन्तानको लागि खर्च हुन सक्छ, लगानीको लागि समय उत्तम छ,

मिथुन राशी– काकिकुकेकोहा

अपरान्ह पछि दिन शुभ रहनेछ । ईच्छित फल प्राप्त हुने, भाग्य सुख, शारिरिक निरोगिता, रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा सोचे अनुसार हुने स्थिति बन्दैछ, कार्य क्षेत्रमा सफल भइने वा मानसम्मान, यश प्राप्त हुने योग छ । विद्यार्थिहरुको लागि समय राम्रो छ, भूमि, वाहन, भौतिक सामाग्री सुख को साथै पारिवारीक सुख प्राप्त हुने योग छ ।

कर्कट राशीहिहुहेहोडाडिडुडेडो

समय अस्थिर छ । कर्मक्षेत्रमा गतिरोध, शारिरिक अस्वस्थता, मनमा चिन्ता, पीडा अथवा भयले आक्रान्त पार्ने, मेहनत अनुसार फल पाउन गाह्रो हुने, किचकिच, झमेला, झगडा हुने समय चलिरहेकोले सावधान हुनुहोला, घटना र परिस्थिती प्रतिकुल हुने समय चलेको छ, कानुनी समस्या वा बन्धनबाट सकेसम्म जोगिनु होला,

सिंह राशीमामिमुमेमोटाटिटुटे

अपरान्ह पछि स्थिति प्रतिकुल हुन सक्छ, अनिष्ट फलहरुको प्राप्ति हुन सक्ने भएकोले सावधान रहनु होला, कलह र विवादबाट सकेसम्म टाढा रहनु पर्ने देखिन्छ, धनको दुरुपयोग तथा अत्यधिक खर्च हुने योग छ । स्वास्थ्यमा समस्या आउने र निरर्थक भयले ग्रसित हुने सम्भावना पनि छ ,

कन्या राशीरारिरुरेरोतातितुते

दिन राम्रो रहनेछ, शारिरिक निरोगिता, शत्रु बाधा हटने, धन आगमन हुने, यश मान पाइने, लाभकारक र सुखदायी बसाइ हुने, विलासिताका सामग्री जुटने, मानसिक सन्तोष प्राप्त हुने तथा  दाम्पत्य जीवन सुखमय हुने योग छ, व्यापारी र व्यवसायीलाई पनि आज दिन राम्रो रहनेछ,

तुला राशीरारिरुरेरोतातितुते

अपरान्ह पछि दिन उत्तम रहनेछ, भाग्यले साथ दिनेछ, कष्टबाट मुक्ति पाइने, आर्थिक लाभ हुने, शारिरिक निरोगिता, शत्रुमाथि विजय प्राप्ति, , मन सन्तुष्ट रहने र उत्साहवर्धक घटनाहरु घटन सक्छन । व्यवसायी, जागीरे र विद्यार्थीहरुलाइ दिन शुभ रहने छ ।

वृश्चिक राशीतोनानिनुनेनोयायियु

दिन प्रतिकुल रहनेछ । मानसिक परेशानी, स्वास्थ्यमा समस्या आउन सक्ने,  गरेका कार्यमा विध्न बाधाहरु आउने, अपमान सहनु पर्ने सम्मको अवस्था  आउन सक्छ,  मानसिक खिन्नताले आज दुखी बनाउन सक्छ, कुनै पनि कुराहरु प्रति आज आशक्ति नराख्नु होला, सकारात्मक सोच राखेर अघि बढेमा दिन सहज रहनेछ । 

धनु राशीयेयोभाभिभुधाफाढाभे

परिस्थिति प्रतिकुल हुन सक्नेछ, मनमा  डरले सताउने, धनहानी, खर्चमा वृद्धि, शारिरिक अस्वस्थता, पेटमा समस्या, चित्त चंचल हुने,  कार्यमा बाधा व्यवधान आउन सक्ने, भोजन तथा निद्रामा असुविधा हुने, आफन्त तथा बन्धुबान्धवबिच मनमुटाव हुन सक्ने, व्यापार व्यवसायमा गतिरोध आउने छ ।

मकर राशीभो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि

अपरान्ह पछि दिन राम्रो हुनेछ । तँपाइले सोचे गरेको कार्यहरुमा सफलता मिल्ने, मन प्रसन्न रहने,  नयाँ प्रयासले फाइदा दिंनेछ, आत्मविश्वास बढने, सानो तथा छोटो दुरीको लाभदायी भ्रमण हुन सक्ने, बस्त्र लाभ, धन लाभ हुने, दाम्पत्य जीवन सुमधुर रहने, गृहिणी तथा विद्यार्थीहरुको लागि १२ बजेपछि समय शुभ हुनेछ, व्यवसायीहरुलाइ पनि दिन राम्रो रहनेछ

कुम्भ राशीगुगेगोसासिसुसेसोदा

धन तथा कुटुम्ब हानीको योग भएकोले विशेष सावधानी अपनाउनु होला । मानसिक असन्तोष, नेत्र पीडा, अनावश्यक खर्चले संचित धनमा कमी आउनेछ । कतैबाट आउन आँटेको पैसा रोकिन सक्छ । मनमा गलत विचारहरु सलबलाउने छन । नैतिक मूल्य तथा मान्यतामा ह्रास आउन सक्ने, खानपानको कारणले स्वास्थ्यमा गडबडी आउन सक्छ । लगानीलाई समय प्रतिकूल छ ।

मीन राशी-दिदुदेदोचाचि

समय राम्रो बन्नेछ, सकारात्मक विचार र उत्साहले मनोबल मा बृद्धि हुनेछ । भाग्य ले  साथ दिनेछ, उत्तम स्वास्थय, मिठो भोजन, मानसिक तथा भौतिक सुखको प्राप्ति, अरुले आदर सत्कार र कदर गर्नेछन, महत्वाकाँक्षी विचारहरुलाइ कार्यान्वयन गर्न दिन शुभ छ । कार्य स्थलमा लाभ, मान सम्मान प्राप्ति हुने योग छ  । व्यवसायीहरुलाई दिन राम्रो रहनेछ, नयाँ लगानी अथवा नयाँ काम शूरु गर्ने राम्रो समय आएको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.