काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्ध दायर भएका रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा भएको बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ।
आइतबार बहस नसिकएपछि सोमबारका लागि राखिएको हो। सर्वोच्चले आइतबारदेखि यो मुद्दामा निरन्तर सुनुवाइ हुने जनाएको छ।

आइतबार भएको बहसमा सुनील पोखरेल, भीमार्जुन आचार्य, सन्तोष भण्डारी र बद्रीराज भट्टले बहस गरेका थिए।
अदालतकाे संवैधानिक इजलासमा जारी छलफलमा प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाले बहुमतप्राप्त दलले सरकार बनाउनै पर्ने हाे भनी अधिवक्ता भीमार्जुन आचार्यलाई प्रश्न गरेका थिए।
जवाफमा अधिवक्ता आचार्यले संविधानले सरकार बनाउने विकल्प दिएकाले कुनै पनि प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएको बताएका थिए।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com