महामारीबीच पनि चीनको अर्थतन्त्रमा उल्लेख्य सुधार


एजेन्सी । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको अर्थतन्त्रमा सुधार देखिएको छ ।

सोमबार चीनले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० चीनको कुल गार्हस्थ उत्पादन ‘जीडीपी’ मा दुई दशमलब तीन प्रतिशतले वृद्धि भएको छ ।

सन् २०२० को अन्तिम त्रैमासिकमा चिनियाँ अर्थतन्त्रमा निकै सुधार आएको देखिएको हो । सन् २०२० को अन्तिम त्रैमासिकमा चीनको जीडीपीमा ६ दशमलब ५ प्रतिशतले वृद्धि भएको हो ।

तेस्रो त्रैमासिकमा यो वृद्धिदर ४ दशमलब ९ प्रतिशत थियो । कोरोना महामारी र लकडाउनका बीच सन् २०२० को पहिलो तीन महिनामा चिनियाँ अर्थव्यवस्थामा ६ दशमलब ८ प्रतिशतसम्म गिरावट आएको थियो ।

ठूला अर्थतन्त्र भएका मुलुकमध्ये सुधार गर्ने देश चीन मात्रै भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । अमेरिका र भारतसँगको व्यापार विवाद र कोराना महामारीविच चीनले अर्थतन्त्रमा सुधार गरेको हो ।

सन् २०२० मा चीनले कुल ३२ दशमलब १६ ट्रिलियन युआन बराबरका विभिन्न सामान निर्यात गरेको छ । महामारीका बीच आपत्कालीन सहायतालाई बढाउँदै अर्थतन्त्रलाई लयमा फर्काउन चीन सफल भएको हो ।

चीनले पछिल्लो समय उल्लेख्य मात्रामा स्वास्थ्य सामग्री उत्पादन तथा निर्यात गरेको छ । सन् २०२१ मा चिनियाँ अर्थतन्त्र तीव्र गतिमा वृद्धि हुने आकलन गरिएको छ । चीन सन् २०२८ भित्रै विश्वकै शक्तिशाली अर्थतन्त्र हुने अनुमान गरिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope