नेपाल आयल निगमले बढायो इन्धनको मूल्य

५ माघ २०७७, सोमबार २१:१३

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रूपैयाँका दरले मूल्य बढाएको हो ।

सोमबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाएको निगमले जनाएको छ । 

निगमले हवाई ईन्धन र एलपी ग्यासको मूल्य भने बढाएको छैन । अव पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैंया पुगेको छ । भने डिजेल र मट्टीतेलको मूल्य ९३ रुपैयाँ पुगेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.