२० दिनका लागि तातोपानी नाका बन्द

काठमाडौं । आजदेखि २० दिनकालागि तातोपानी नाका बन्द हुने भएको छ ।
सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
बाढीले क्षति पुर्याएको पुल पुनर्निर्माण गर्न २० दिन लाग्ने भन्दै चिनीयाँ पक्षले नाका बन्द गर्ने जानकारी गराएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।
पहिलेकै बाढीले क्षति पुर्याएको पुलको एक भागमा यसवर्षको बाढीले थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको हो ।
पुल मर्मतका लागि नाका बन्द हुने भएपछि बाटोमा रहेका सामानहरु नेपाल भित्र्याइएको खत्रीले बताउनुभयो । उहाँका अनुसार तातोपानी रुट भएर आउने बाटोमा अब कुनै मालबाहक सवारी साधन छैनन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस