पहाडी क्षेत्रको मौसममा आंशिक बदली, बाँकी क्षेत्रको मौसम सामान्यतया सफा

९ माघ २०७७, शुक्रबार ०७:३८

काठमाडाैं । काठमाडौंको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १७ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने छ।

बिहानीपख तराईका केही भू–भागका थोरै स्थानहरुमा हुस्सु् र कुहिरो लाग्ने संभावना देखिएको विभागले जनाएको छ । आज राती सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसममा आंशिकदेखि सामान्य वदली हुने सम्भावना रहेको छ ।

प्रदेश न १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना छ । देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.