घरेलु मैदानमा लिभरपुल बर्नलीसँग स्तब्ध

९ माघ २०७७, शुक्रबार ०७:५१

एजेन्सी । लिभपुरलको इंग्लिस प्रिमियर लिगमा घरेलु मैदानमा अपराजित यात्रामा पूर्णविराम लागेको छ । गएराति भएको खेलमा लिभरपुल बर्नलीसँग १–० ले स्तब्ध बनेको हो । 

योसँगै उसको घरेलु मैदानमा पछिल्ला ६८ खेलमा रहेको अपराजित यात्रा पनि टुंगिएको छ । बर्नलीको जितमा खेलको ८३ औं मिनेटमा बार्नेसले पेनाल्टीमार्फट निर्णायक गोल गरे । 

गएरातिको खेलपछि लिभरपुल १९ खेलमा ३४ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा छ । बर्नली १८ खेलबाट १९ अंकसहित १६ औं स्थानमा छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.