काठमाडौं । बागमती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव टेबुल गरिएको छ ।
प्रदेशसभा सदस्य एवं दाहाल–नेपाल पक्षको नेकपाका नेता अरुणप्रसाद नेपालले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नुभएको हो ।
पौडेलविरुद्ध अविश्वासको प्रस्ताव राख्दै उहाँले प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री पदका लागि प्रस्ताव गर्नुभएको छ । अविश्वासको प्रस्तावमा ४५ जना सांसदहरुले हस्ताक्षर गरेका छन् ।
प्रदेश सभा सदस्य अरुणप्रसाद नेपालले अविश्वासको प्रस्ताव राखेसँगै शुक्रबारका लागि बसेको प्रदेश सभा बैठक स्थगित भएको छ ।
अविश्वासको प्रस्तावमाथिको छलफल माघ १९ गते बस्ने प्रदेश सभा बैठकमा हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । बैठक माघ १९ गते दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com