प्रधानमन्त्री ओलीले भने आमसभा कस्तो हुन्छ २३ गते देखाउँछौं

९ माघ २०७७, शुक्रबार २१:३७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल पक्षलाई वास्तविक आमसभा माघ २३ गते देखाउने बताएका छन् ।

काठमाडौंको कार्की ब्याङ्क्वेटमा जम्मा भएका ओली निकट व्यवसायीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड नेपाल पक्षले देशभरिबाट अलिअलि मान्छे जम्मा गरेको टिप्पणी गरे ।

प्रचण्ड-नेपाल पक्षको आज भएको सभालाई ब्यङ्ग गर्दै उनले सामान्य उपस्थिती भनेर टिप्पणी गरे । ‘वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं ।’उनले कार्यकर्ताहरुलाई भने, ‘शक्तिको खुट्टी देखेरै पत्याइयो ।’

संसद पुनस्स्थापनाबारे अदालतलाई धम्की नदिनसमेत उनले चेतावनी दिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.