काठमाडौंमा प्रचण्ड-नेपाल नेकपाको शक्ति प्रदर्शन (फोटो फिचर)

९ माघ २०७७, शुक्रबार १५:०३

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

उपत्यकाका ९ स्थानबाट नेकपाका हजारौं नेता कार्यकर्ताहरुले जुलुस निकालेका छन् । रत्नपार्कमा पुगेर केन्द्रिकृत बनेको सो जुलुस बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने छ ।

मुख्य जुलुसको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरुले गरेका छन् । अलगलअग स्थानबाट निकालिएको जुलुसको नेतृत्व स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरुले गरेका छन् । आमसभालाई प्रचण्ड र नेपालसहितका नेताहरुले सम्बोधन गरेका छन्ग ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.