मिश्रित मौसमी अवस्था, कतै सामान्य त कतै आंशिक बदली, पश्चिमी पहाडी क्षेत्रमा हल्का वर्षा

१० माघ २०७७, शनिबार ०७:१३

काठमाडाैं, माघ १० । आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ । त्यस्तै प्रदेश न १ र बागमती प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना छ ।

देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । प्रदेश न १ र बागमती प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ ।

देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.