आजको राशिफल, आजको दिन तपाईंका लागि कस्तो रहला ?

११ माघ २०७७, आईतवार ०७:३४

आज मिति २०७७ साल माघ ११ गते आइतबार तदनुसार सन २०२१ जनवरी महिनाको २४ तारिख, पौष शुक्ल पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, रोहिणी नक्षत्र, एकादशी तिथी, ब्रम्हा योग, वणिज करण, आज चन्द्रमा वृष राशीमा रहनेछ, आजको शुभ मूहुर्त बिहानको ११ बजेर ५५ मिनेटबाट १२ बजेर ३७ मिनेटसम्म रहने छ। आजको अमृत समय बिहानको १० बजेर ५६ मिनेटबाट १२ बजेर १६ मिनेटसम्म रहने छ। आजको राहुकाल दिउँसोको ४ बजेर १७ मिनेट देखि ५ बजेर ३७ मिनेटसम्म रहने छ, राहुकालमा महत्वपूर्ण शुभ कार्यहरु वर्जित छन्।

(१) मेष राशीः

व्यर्थको श्रम, अनावश्यक खर्च, धन हानी, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने । मनमा गलत विचारहरु आउने । आफन्त बन्धु बान्धव बिच वैमनस्यता बढने तथा पारिवारिक सुखमा कमि आउने योग छ । । मानहानी वा अपमान हुने, विवादले मन निराश हुने स्थिति आउन सक्छ । वाणीमा नियन्त्रण राख्नु होला । मित्रसँग विवाद हुने वा मित्रले धोका दिन सक्ने । शारिरिक पीडा, चोटपटक आदि हुन सक्ने सम्भावना पनि छ । सापटी वा लेनदेन हुन सक्ने अवस्था आउन सक्छ । स्वास्थ्यमा गडबडी आउन सक्छ । दाम्पन्य जीवनमा मनमुटाव आउन योग छ  । प्रेम सम्बन्धको लागि समय ठीक छैन । लगानीलाई समय प्रतिकूल, व्यवसायमा आज बाधा छ ।

(२) वृष राशीः

दिन राम्रो छ । मनलाई स्थिर राखी कार्यलाई अगाडि बढाउनु भएमा भाग्यले साथ दिनेछ । सकारात्मक विचार र उत्साहले महत्वाकाँक्षी विचारहरु आउने ।। शरीरमा तेज, आरोग्य, साहस र स्फूर्ति बढने । लाभ तथा मान सम्मान प्राप्ति । कार्यमा सफलता । कतैबाट उपहार वा नसोचेको वस्तु प्राप्त हुने वा मन परेको चिज खरीद हुने योग छ । उत्तम तथा मिष्ठान भोजन प्राप्त हुने । वस्त्र लाभ, मित्र तथा बन्धुहरुबाट सुख, रमाइलो जमघट, विद्यार्थीवर्गलाई समय राम्रो छ । विवाह तथा प्रेम प्रसंगको लागि दिन शुभ रहनेछ ।

(३) मिथुन राशीः

हानी नोक्सानी हुने खालको दिन छ । मानसिक बेचैनी वा अल्छी लाग्ने । एलर्जी, चिसो जन्य संक्रामक रोगहरुले सताउन सक्छ । निद्राको समस्या । आँखा, मुख, अनुहारमा समस्या देखिन सक्नेछ । मुद्दामामिला, जरिवाना, मानहानी तथा चोटपटकको योग पनि चलेकोले सचेत रहनु पर्नेछ। । विद्यार्थीहरुको लागि भने समय राम्रो हुनेछ, विदेश यात्रा, प्रतियोगिता परीक्षा आदिको लागि दिन उत्तम रहनेछ । व्यापार व्यवसायमा ऋण लिनु पर्ने अवस्था आउनेछ । विदेश रिलेटेड कामहरुबाट लाभ लिन मिल्ने भएकोले आयात निर्यात लगायत नयाँ कामको थालनी गर्न सक्नुहुन्छ ।

(४) कर्कट राशीः

दिन सुखमय बित्नेछ । आर्थिक लाभ । शत्रु पराजित । मित्र भेटको सम्भावना वा मित्र बाट फाइदा । उत्तम वस्त्र तथा भोजन प्राप्ति । भोग विलासमा रुचि जाग्नेछ । आफैंले नयाँ कार्यको शुरुवात गर्ने समय आएको छ । संचित धनमा वृद्धिको योग छ । आय स्रोतको नयाँ बाटो फेला पर्न सक्छ, प्रयास गर्नुहोला। पहिलेदेखि गरिरहेको तर अडकिएका कार्यहरुले गति लिनेछ । मान सम्मान मा बृद्धि, गरेका कार्यको उपलब्धि प्राप्त हुने । पद, सम्मानको प्राप्ति  । टोल, समाज र समुदायको लागि समय खर्चिर्नु पर्ने ।  प्रेम सम्बन्धमा सफलता । विद्यामा प्रगति । शारीरिक पीडा बढने । आज झगडा र विवादबाट टाढा बस्नुमानै उचित हुनेछ ।

(५) सिंह राशीः

दिन शुभ रहनेछ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तनको समय छ । ईच्छित फल पाउने । नयाँ कार्यको शूरुवात हुने वा एक भन्दा बढी क्षेत्रमा हात हाल्ने । कार्य क्षेत्रमा मानसम्मान, किर्ति यश प्राप्त हुने योग छ । तँपाइको खुबिले कार्य क्षेत्रमा हाकिमहरु खुशी हुने योग छ । अडकिएको धन वा कार्य सम्बन्धि शुभ समाचार आउने ।  सरकारी काम कारवाहीबाट थप हौसला प्राप्त हुने योग छ । विद्यार्थिहरुको लागि समय राम्रो छ । परिक्षा प्रतियोगितामा गरिएको प्रयासले सुख दिनेछ । भूमि, वाहन सुख को साथै पारिवारीक सुख प्राप्त हुने । सन्तान पक्षबाट भने अलि चिन्तत हुनु पनें समय छ । पारिवारिक झमेला र विवादबाट भने टाढै रहनु होला ।

(६) कन्या राशीः   

सावधानी अपनाउनु पर्ने दिन छ  । मान प्रतिष्ठामा धक्का लाग्ने । सरकारी काममा बाधा आउने । धार्मिक कार्यमा अरुचि । बिना कारण झगडा हुने, नसोचेको दोष लाग्ने सम्भावना छ । स्वास्थयको विषेश ख्याल राख्नु होला । रोग व्याधिले सताउने योग छ, पेट र आँखामा समस्या सिर्जना हुन सक्छ।  मित्रहरु, नजिकका मान्छे वा आफन्तहरुसँग मनमुटाव हुन सक्ने भएकोले विवाद नगर्नु होला । अचल सम्पत्ति बाहन आदि लिने विचार गर्नु भएको छ भने आज टार्दा राम्रो । छोटो दुरीको यात्रा अथवा बिना कारण निरर्थक भ्रमण हुने योग छ । पार्टनरशीप समस्या, व्यवसायमा बाधा भएकोले ठुलो लगानीको लागि आज दिन राम्रो छैन ।

(७) तुला राशीः 

दिन सोचे जस्तो नहुन सक्छ । अप्रत्यासित प्रतिकूल घटनाहरु हुने । धन सामान चोरी हुने वा हराउने सम्भावना । स्वास्थ्यमा प्रतिकुलता, शिर, पेटको खराबी, चर्म रोग वा आँखाको रोग कष्ट हुने, चिन्ता पर्ने , धन हानी, अरुसँग विवाद र झगडा आदि हुने योग छ । मनमा केही कुराको डरले सताइरहने छ ।  पारिवारीक मmमेला, दुर्घटना वा चोट लाग्ने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला । वाणीलाई नियन्त्रण राख्ने नत्र बनिसकेको काम विग्रन सक्छ । लगानीको लागि आज समय राम्रो छैन । व्यवसायमा मन्दि देखिने सम्भावना भएकोले एकचोटि आफनो चिना देखाउनु होला ।

(८) वृश्चिक राशीः

समय  उत्तम छ । पारिवारिक सुख, वैवाहिक सुख, मान सम्मान सत्कारको प्राप्ति, उत्तम भोजन, व्यवसायमा फाइदा, पार्टनरशीपमा व्यवसाय गर्नलाई राम्रो समय छ, प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त, मनोरन्जनमा समय बित्नेछ । धन लाभ , व्यवसायमा रोकिएको कार्य बन्ने छ । शत्रु पराजित हुनेछन, घरबाट टाढा जानु पर्ने अवस्था आउने  ।

(९) धनु राशीः

समय सुखमय बित्नेछ । धन लाभ, आँटेको काम पुग्ने , दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति, रोगनाश, शत्रु माथि विजय, आर्थिक पक्ष बलियो, ऋण लाभ, परिक्षा प्रतियोगीतामा विजय प्राप्ति । व्यापार व्यवसायमा लाभ लिन जन्म जिल्ला वा जन्म देशभन्दा बाहिरको व्यक्तिको सहयोग वा साथ  लिनुहोला ।  लगानी लाई समय उत्तम । सन्तान पक्षको विशेष ख्याल गर्नुपर्नेछ । आँखामा समस्या आउन सक्छ । नोकरी गर्ने हरुले विशेष सतर्क रहनु पर्नेछ ।

(१०) मकर राशीः

कर्ममा गतिरोध छ, विध्न बाधा व्यवधानहरु आउने । विद्यार्थीहरुले बिशेष मेहनत गर्नुपर्ने । पढाइमा समस्या आउने । एकाग्रतामा कमी, मन चन्चल र अस्थीर हुने । धन हानी हुने योग रहेकोले मतभेदबाट टाढै रहने । पाचन शक्ति कमजोर हुने वा पेट सम्बन्धि रोगले सताउने ।  कुटुम्बहरुबाट टाढा हुनु पर्ने । आफन्त तथा प्रतिष्ठित व्यक्तिहरुसँग व्यर्थको विवाद नगर्नु होला । सन्तानको तर्फबाट चिन्ता पर्ने वा सन्तानलाई कष्ट हुने योग छ । प्रेम सम्बन्धमा सजगता अपनाउनु पर्ने बेला  भएकोले नव जोडीहरुले आज नभेटदा राम्रो । लगानीलाई समय ठीक छैन । विदेशमा उच्च शिक्षाको लागि प्रयासरत हुनुहुन्छ भने समय शुभ छ । यात्रा कष्टकर हुने योग छ । मनमा धेरै कुरा आउन नदिन योग तिर वा आध्यात्मिक कुरामा ध्यान दिनुहोला ।

(११) कुम्भ राशीः

समय निराशा दिने खालको छ । खर्चमा वृद्धि । घरायसी सुखमा कमी आउने ।  आफन्त  तथा बन्धुबान्धवबिच हुने मनमुटाव बाट टाढै रहनु होला, शारिरिक तथा मानसिक पीडा, धनहानी, स्थाई सम्पत्ति सम्बन्धि विवाद, चिन्ताले सताउने । रोगले आक्रान्त पार्ने, मनमा डर लागिरहने अवस्था छ । कलह बाट बच्ने प्रयास गर्नुहोला । व्यवसाय गतिरोधको सामना गर्नुपर्नेछ । आज कुनै लगानी नगर्दा नै राम्रो । नयाँ सवारी साधन अथवा महँगा अचल सम्पत्ति खरीद को लागि समय प्रतिकूल छ । ऋण लिने वा सापट लिने काम आज नगर्नु होला ।

(१२)  मीन राशीः

दिन राम्रो छ । केही गरेर देखाउने बेला आएको छ । बौद्धिक विकासको समय चलिरहेको छ । मनमा नयाँ साहसिक विचार आउन सक्छ । कार्यमा सफलता प्राप्त हुने योग, छोटो दुरीको यात्राको अवसर प्राप्त हुने । शारिरिक आरोग्यता प्राप्ति । मान सम्मान मा वृद्धि  । दाम्पत्य जीवनमा सुख, मित्र सुख, शत्रु परास्त हुनेछन् । धन लाभको पनि सम्भावना छ प्रयास गर्नुहोला । यात्रा हुने समय छ । नयाँ व्यापार व्यवसायको शुरुवात हुने योग भएकोले लगानी गर्दा राम्रो । विद्यार्थीहरुको लागि समय उत्तम । सफलता मिल्नेछ । गुप्त शत्रुबाट सावधान रहने ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.