काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथीको सुनुवाईले आजबाट निरन्तरता पाउने भएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार सुनुवाई हुँदाहुँदै समय अभावका कारण हेर्दाहेर्दैमा आजका लागि तय भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले अघिल्लो आइतबारदेखि संवैधानिक इजलासमै विषय केन्द्रीत बहस शुरु भएको थियो ।
शुक्रबारको सुनुवाइमा दशजना कानून व्यवसायीले बहस गरे थिए ।
रिट निवेदक ज्ञानेन्द्रराज आरणतर्फबाट अधिवक्ता वरिष्ठ अधिवक्ता नरहरि आचार्य, शैलेन्द्र दाहाल र अधिवक्ता कोकिलप्रसाद अधिकारी, जनकसिंह साउद, सुचोचना धिताल, राजुप्रसाद चापागाईले बहस गरेका थिए ।
त्यस्तै रिट निवेदक अधिवक्ता शालिकराम सापकोटाकातर्फबाट उमेशप्रसाद साह, गुणराज घिमिरे र ताराप्रसाद तिमिल्सिनाले बहस गरेका थिए ।
शुक्रबारसम्म रिट निवेदकका तर्फबाट ३५ जना कानून व्यवसायीले बहस गरिसकेका छन । त्यस क्रममा इजलासले समयमा निकै कडाइ गरेको थियो । वरिष्ठ अधिवक्तालाई आधा घण्टा र अधिवक्तालाई १५ वा १० मिनेटको समय निर्धारण गरिएको थियो ।
गत पुस ११ गतेदेखि सर्वोच्च अदालत, संवैधानिक इजलासमा सुनुवाई शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाई गरिने भनी यही माघ २ गते आदेश भएको थियो ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com