हामी नेपालीका छोराछोरीलाई ‘खाते’ बन्न र भन्न दिँदैनौँ : प्रधानमन्त्री ओली

११ माघ २०७७, आईतवार १६:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनैपनि व्यक्तिलाई खातेको उपमा पाउन नदिने बताएका छन् ।

देशलाई सडकमा रहेका सहयोगापेक्षी मानवमुक्त बनाउने अभियानमा रहेको भन्दै ओलीले सरकार सबै अशक्त र अनाथको अभिभावक बन्ने अभियानमा रहेको बताए ।

काठमाडौंको राष्ट्रिय सभागृहमा अपाङ्गता भएका व्यक्तिहरुसँगको साक्षात्कारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अशक्त र सडकमा रहेका अनाथहरुलाई समाजले हेयको दृष्टिले खाते भन्ने गरेको भन्दै अब सरकारले यस्तो अवस्था आउन नदिने बताए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.