काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ अधिवक्ता ९५ वर्षीय कृष्णप्रसाद भण्डारीको मानमर्दन गरेकाले उनले सार्वजनिक रूपमा माफी माग्नुपर्ने भन्दै भन्दै नेपाल वार एशोसिएसनका चार जना पूर्व अध्यक्षहरुले आपत्ती जनाएका छन् ।
आइतबार विज्ञप्ति जारी गर्दै नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षहरू हरिहर दहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले बरिष्ठत्तम अधिवक्ता भण्डारीको घोर अपमान र मानमर्दन गरेकाले यो समस्त कानून व्यवसायमाथिकै सत्तापक्षद्वारा गरिएको निर्लज्ज प्रहार हो भन्ने आफूहरूको निश्कर्ष रहेको बताएका छन्।

उनीहरूको विज्ञप्तिमा भनिएको छ- प्रधानमन्त्रीद्वारा अभिव्यक्त ‘एक जना बाजे वकिललाई पनि लिएर गएछन् बहस गर्नं, के तमासा गरेको हो यो भन्ने अभिव्यक्ति र वकिलले कुरा फिटयाफिट्यै छन तर ढुक्क हुनुहोस् प्रतिनिधि सभा पुनर्स्थापना हुँदैन’ भन्ने अभिव्यक्ति तथा यसअघि पनि कानून व्यवसायीलाई स्यालजस्तो म्याउम्याउ गरेको छन्, सर्वोच्च अदालतमा बहस गर्ने वकिललाई त्यति पनि थाहा नहुने, के गर्छन ती वकिले भनि सार्वजनिक समारोहमा गरिएका प्रमका अभिव्यक्तिले संविधानद्वारा संरक्षित कानून व्यवसायमाथि नै धावा बोलिएकोले लोकतन्त्रका पहरेदार कानून व्यवसायी माथिको यो प्रहारलाई मुकदर्शक भएर सहन गर्न सकिँदैन।
प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले अदालतमा विचारधीन मुद्दालाई समेत प्रतिकूल असर गर्ने प्रयास भएकाले यस विषयलाई आफूहरूले गम्भीरतापूर्वक लिएका उनीहरूले बताएका छन्।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति खेद र भत्सर्ना गर्दै उनीहरूले उक्त अभिव्यक्तिका विरूद्ध उभिन नेपाल बार एसोसिएसन र देशभरका कानून व्यवसायीहरूलाई अनुरोध गरेका छन्।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com