एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले आल्भेसलाई हराएको छ ।
शनिबार राति करिम बेन्जिमाको दुई गोलको सहयोगमा रियलले आल्भेसलाई ४–१ गोल अन्तरले हराएको हो ।


रियलको जितमा बेन्जिमाको दुई गोलसंगै ब्राजिली स्टार कासमिरो र इडेन हजार्डले एक एक गोल गरे । घरेलु टोली आल्भेसका जोसिलोले एक गोल फर्काए ।

स्पेनिस कपमा तेस्रो डिभिजनको क्लबसंग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको रियलले घरेलु लिगमा भने राहात महशुश गरेको छ ।
जितसंगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसंगको दुरी चार अंकमा झारेको छ । एट्लेटिकोले अझै दुई खेल कम खेलेको छ ।

रियल ४० अंक सहित दोस्रो र आल्भेस १८ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ । कोरोनाबाट संक्रमित जिनेदिन जिदान टिममा थिएनन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com