३३९ जना कोरोना संक्रमित थपिए, थप १० जनाको मृत्यु


काठमाडौ । पछिल्लो २४ घन्टामा नेपालमा ३ सय ३९ जना कोरोना संक्रमित थपिएका छन । चार हजार आठ सय ५८ पीसीआर नमूना परीक्षण गर्दा पुरुष २ सय ६ र महिला १ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको छ । काठमाडौं उपत्यकामा १ ५४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । काठमाडौंका एक सय ३३ , ललितपुरमा १३ र भक्तपुरमा आठ जना संक्रमित थपिएका छन । प्रदेश एकमा पाँच, प्रदेश दुईमा १०, बागमतीमा १ सय ९७, गण्डकीमा ४५, लुम्बिनीमा ७४ र सुदुरपश्चिममा आठ जना कोरोना संक्रमित थपिएका छन ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या तीन हजार २ सय ४० रहेको छ । तिमध्ये २ हजार ५ सय चारजना संस्थागत आइसोलेसनमा रहेका छन । होम आइसोलेसनमा रहनेको संख्या सात सय ३६ रहेको छ ।

आईसीयुमा १ सय ३७ र भेन्टिलेटरमा १९ जनाको उपचार भैरहेको छ । पछिल्लो चौबीस घण्टामा चार सय एक जना संक्रमित निको भएका छन् । हालसम्म कोरोना मुक्त हुनेको संख्या दुई लाख ६४ हजार ५ सय ३८ रहेको छ । अहिलेसम्म निको हुनेको दर ९८ दशमलब एक प्रतिशत रहेको छ । हालसम्म २० लाख ४८ हजार १ सय ३३ पीसीआर परीक्षण भएको छ ।

हाल देशभर एक सय ३२ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप दश जनाको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार ११ जना पुगेको छ ।संक्रमित पु्ष्टि भएकामध्ये शुन्य दशमलब सात पाँच प्रतिशतको मृत्यु भएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope