एजेन्सी । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।
आइतबार राति भएको चौंथो चरणमा लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गर्दै युनाईटेड पाँचौं चरणमा पुगेको हो ।

ओल्ड ट्राफोर्डमा भएको रोमान्चक खेलमा सुरुवाती अग्रता भने लिभरपुलले बनाएको थियो । मोहमद सलाहले १८ औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, खेलको २६ औं मिनेटमा मासन ग्रीनउडले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ४८ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए ।
तर, सलाहले खेलको ५८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा खेल २-२ को बराबरीमा पुग्यो। त्यसपछि युनाईटेडका लागि ब्रुनो फर्नान्डेस नायक बने । खेलको ७८ औं मिनेटमा फर्नान्डेसले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै युनाईटेडलाई ३-२ को जित दिलाए । अब युनाईटेडले पाँचौं चरणमा वेस्ट ह्यामको सामना गर्नेछ । यस्तै सेफिल्ड वेनस्डेलाई ३-० ले हराएर एभर्टन पनि पाँचौं चरणमा पुगेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com