विदेशी लगानी प्रतिवद्धता १५ प्रतिशतले घटेर २३ अर्ब २७ करोडमा सीमित

१२ माघ २०७७, सोमबार ०८:४५

काठमाडौं । सरकारले मुलुकमा लगानीको वातावरण बनेको दाबी गरिरहँदा विदेशी लगानी प्रतिवद्धता भने घटेको छ ।

उद्योग विभागमा आएको पछिल्लो ५ महिनाको लगानी प्रतिवद्धताले यस्तो देखाएको हो । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा लगानी प्रतिवद्धता करिब १५ प्रतिशतभन्दा बढीले घटेको छ । चालू आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा २३ अर्ब ४७ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । गत वर्ष यही अवधिमा २७ अर्ब ६८ करोड लगानी प्रतिवद्धता आएको थियो । गत वर्षको भन्दा कम लगानी प्रतिवद्धता आएको हो ।

चालु आर्थिक वर्षको मंसिरसम्म विदेशी लगानी प्रतिवद्धता २१ अर्ब ११ करोडमा सीमित भएको छ । मंसिरसम्म भएको विदेशी लगानी प्रतिवद्धता गत आवको तुलनामा २२.९ प्रतिशत र  उद्योग दर्ता २५ प्रतिशतले कम हो ।

गएको आवको पहिलो ५ महिनासम्म १४४ वटा उद्योगमा कुल २७ अर्ब ३८ करोड २० लाख लगानी भएको थियो । समीक्षा अवधिमा सो लगानी घटेर २१ अर्ब ११ करोड ५० लाख सीमित भएको छ भने उद्योगको संख्या पनि घटेर १०८ मा सीमित भएको छ । 

पछिल्लो समय नेपालमा लगानीको वातावरण बन्दै गएपनि लगानीमा सुधार भने हुन सकेको देखिदैन । चालु आवमा लगानी प्रतिवद्धता घट्नुका साथै विभिन्न कारणमध्ये कोभिड–१९ पनि एक हो ।

नेपालमा जलविद्युत्, पूर्वाधार (द्रुत मार्ग, रेलवे, टनेल, केवल कार, मेट्रो रेल, फ्लाइओभर, विमास्थल), कृषि तथा बनजन्य उद्योग, सेवामूलक क्षेत्र, पर्यटन उद्योगमा विदेशी लगानीलाई प्राथमिकता दिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.