काठमाडौं । प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा समूह चरणको अन्तिम खेलमा विभागीय टिम त्रिभुवन आर्मी र एपीएफ भिडदैछन् ।
समूह ‘ए’ मा रहेका आर्मी र एपीएफले अहिलेसम्म तीन खेल खेलेकोमा जित निकालेका छन् । अन्तिम चारमा पुगिसकेकाले यस खेलले समूह विजेता र उपविजेता तय हुनेछ ।

हार्ने टोलीले वाग्मतीसँग फाइनल पुग्न प्रतिस्पर्धा गर्नेछ । मुलपानी मैदानमा आजै नेपाल पुलिस क्लब र प्रदेश दुईविच प्रतिस्पर्धा हुँदैछ । समूहमा ‘बी’ मा रहेको पुलिसले तीन खेल खेलेकामा दुई खेल जितेको छ भने एकमा हार व्यहोरेको छ ।
तीन खेलमा हार ब्यहोरिसकेको प्रदेश दुई प्रतियोगितावाट बाहिरिइसकेको छ । पुलिसले प्रदेश दुईलाई हराएमा लुम्बिनीलाई उछिनेर समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । पुलिस पराजित भएमा लुम्बिनी सेमिफाइनलमा प्रवेश गर्नेछ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com