तेस्रो जनआन्दोलन शुरु भयो : नारायण वाग्ले

१२ माघ २०७७, सोमबार १५:५१

काठमाडौं । पत्रकार तथा लेखक नारायण वाग्लेले तेस्रो जनयुद्ध शुरु भएको बताएका छन् ।

सोमबार बालुवाटारको नागरिक आन्दोलनमा सरिक भएका वाग्लेले प्रहरीको धरकपडपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

आफूहरुले शान्तिपूर्ण तरिकाले धर्ना दिइरहेका अवस्थामा प्रहरीले धरकपड गरेको वाग्लेको भनाइ छ । ‘हामी शान्तिपूर्ण तवरले धर्ना दिइरहेका थियौँ । हामीले भद्र अवज्ञा आन्दोलन लिड गरिराखेका थियौँ । वाग्लले भनेका छन्, ‘हामीमाथि जुन बर्बर दमन भयो विना सूचना । हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ भनेर पहिल्यै प्रहरीलाई भनेको थिएँ । जुन तरिकाले हामीमाथि दमन भयो, अब तेस्रो जनआन्दोलन शुरु भयो ।’

कमलपोखरी बचाउ अभियानका अभियन्तासहितको सहभागीले कमलपोखरीको माटोको टीका लगाएर कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास गरेको थियो । सो क्रममा उक्त घटना घटेको थियो ।

भीड तितरबितर गर्नको लागि प्रहरीले पानीको फोहोरा फालेको थियो । त्यसक्रममा दर्जनको संख्यामा अभियन्ताहरु घाइते भएका छन् भने उत्तिकै संख्यामा पक्राउ परेका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.