अमेरिकी राजदूत बेरीले भेटे देउवा र ‘प्रचण्ड’लाई


काठमाडौं । नेपालका लागि चीनियाँ राजदूत होउ यान्छी पछि राजनीतिक दलका नेताहरु भेटन अर्का शक्तिशाली राष्ट्र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि सक्रिय देखिनु भएको ।

अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हालेसँगै बेरीको सक्रियता बढेको हो । बेरीले सोमबार काँग्रेस सभापति शेर बहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्नुभएको छ ।

देउवा र प्रचण्डसँग भएको भेटमा बेरीले बाइडेन प्रशासनका विश्वव्यापी प्राथमिकता, लोकतन्त्रको सबलीकरण, जलवायु परिवर्तन, महिला र बालिकाहरूको अधिकारको प्रवर्द्धनलगायत विषयमा कुरा भएको अमेरिकी दूतावासले जनाएको छ ।

यसअघि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि राजदूत बेरीले भेटवार्ता गर्नुभएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope