आज मिति २०७७ साल माघ १३ गते मंगलबार तदनुसार सन २०२१ जनवरी महिनाको २६ तारिख, पौष शुक्ल पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, आद्रा नक्षत्र, त्रयोदशी तिथी, वैधृति योग, कौलब करण, आज चन्द«मा मिथुन राशीमा रहनेछ, आजको शुभ मूहुर्त बिहानको ११ बजेर ५५ मिनेटबाट १२ बजेर ३८ मिनेटसम्म रहने छ। आजको अमृत समय दिउँसोको १२ बजेर १६ मिनेटबाट १ बजेर ३७ मिनेटसम्म रहने छ। आजको राहुकाल दिउँसोको २ बजेर ५७ मिनेट देखि ४ बजेर १८ मिनेटसम्म रहने छ, राहुकालमा महत्वपूर्ण शुभ कार्यहरु वर्जित छन्।
मेष राशी

प्रयास गर्नुभएको खन्डमा आज भाग्यले साथ दिनेछ । कुनै काम गर्न मन लाग्ने वा गरेको कार्यमा सफल भइने । अस्वस्थ हुनुहून्छ भने स्वास्थयमा सुधार आउन थाल्नेछ, आज अरुले तँपाइलाई बुझनेछन वा तँपाइको कदर गर्नेछन् ,आर्थिक पक्षमा सुधार देखा पर्ने, आज कुनै भौतिक सामाग्री प्राप्तहुने वा खरीद हुने योग छ, नजिकका व्यक्तिहरुबाट सुख पाइने वा उनीहरुसँग सम्बन्ध राम्रो हुने, सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने, वैवाहिक खुशी प्राप्त हुने । यात्रा वा भ्रमणको स्थिति बन्ने योग छ, प्रेम सम्बन्धको लागि समय राम्रो छ । लगानीलाइ आज दिन ठिक छ ।
वृष राशी
समय प्रतिकुल छ, मानसिक तनाव हुने, कार्यहरुमा बाधा आउन थाल्ने, मान सम्मानमा कमी, धनको नोक्सानी, आँखामा समस्या वा अन्य रोगव्याधिले सताउने, खानपानमा समस्या देखा पर्ने, कुटुम्बहरुसँग मनमुटाव हुने स्थिीति बन्न सक्छ । पढाइमा मन नलाग्ने ।
मिथुन राशी
दिन राम्रो छ । भाग्यले साथ दिने, पारिवारिक तथा घरायसी सुख प्राप्ति, पराक्रममा वृद्धि, खर्चमा कमि आउने, रोग व्याधिबााट मुक्ति प्राप्त हुने । सकारात्मक विचार र उत्साहले मनोबल बढने । मिष्ठान भोजन प्राप्ति, अविवाहितहरुको लाई विवाह सम्बन्धि कुरा आउन सक्ने, दाम्पत्यजीवन सुमधुर रहने, शारिरिक सुखमा ध्यान जाने, व्यापार व्यवसायमा नयाँ सकारात्मक परिवर्तन हुन सक्ने, मुद्दा मामिलाको झंझटबाट राहत मिल्ने , कसै कसैलाई घरबाट टाढा बाहिर भ्रमणमा जानुपर्ने अवस्था पनि आउन सक्छ ।
कर्कट राशी
समय प्रतिकूल छ । आँट कमजोर हुन सक्ने । आलस्य बढने । खर्चमा वृद्धि । शत्रुले दुःख दिने, शोक पर्ने, कानूनी झमेला लाग्न सक्ने, संक्रामक रोगको चपेटामा परिने, शारिरिक कष्ट, आँखामा समस्या, धनको नोक्सानी, मान सम्मानमा कमी, सन्तान पक्षबाट तनाव, मानसिक चिन्ता र अवसाद को स्थिति आउन सक्छ घमन्डी हुन मन लाग्ने वा जिद्दी हुन मन लाग्ने, विद्यार्थिवर्गको लागि वैदेशिक विषयको पढाइको लागि दिन शुभ छ । प्रतियोगिता परीक्षा लागि पनि समय राम्रो रहनेछ ।
सिंह राशी
दिन शुभ रहनेछ । आयमा वृद्धि । व्यापारमा पर्याप्त लाभ, कर्म क्षेत्रमा जस पाइने, मानसम्मान, किर्ति यश प्राप्त हुने, चिताएको फल पाउने बलियो सम्भावना छ । सरकारी काममा सफलता, सन्तानको तर्फबाट खुशी अथवा शुभ समाचार प्राप्त हुन सक्छ । धन लाभ, मित्र भेट अथवा मित्र सहयोग पाइने, उत्तम खानपान, दिनभर खुशी र रमाइलोमा समय बित्न सक्छ । विद्यार्थीहरुलाई समय राम्रो रहनेछ । अविवाहितहरुले आफनो प्रेमको अभिव्यक्ति गर्नलाइ आजको दिन शुभ छ ।
कन्या राशी
समय राम्रो छ । भाग्यले साथ दिने, चिताएको पुग्ने, कार्य स्थलमा सफलता मिल्नेछ, उत्तम स्वास्थ्य, आफूले मान्नु पर्नेहरु रिझिने अवस्था आउनेछ । पारिवारिक तथा घरायसी सुख मिल्ने दिन छ । नयाँ जिम्मेवारी वा थप कार्य बोझ लिनु पर्ने पनि अवस्था आउन सक्छ । समग्रमा दिन शुभ रहनेछ ।
तुला राशी
समय प्रतिकूल रहन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्ने । चाहिएको बेला ग्रहले साथ नदिन सक्छ, सरकारी झंझट र बाधा हुने वा कानूनी कुरामा अलमलिनु पर्ने हुन सक्छ, सन्तानको स्वास्थय ख्याल गर्नु पर्ने अवस्था नआउला भन्न सकिन्न , बिशेषतः छाती, पेटमा समस्या आउन सक्ने, चिन्ता, कलह, आर्थिक नोक्सान, विवाद र झगडा आदि बाट भने आज बच्नु पर्नेछ । अप्रत्यासित घटनाहरु हुन सक्ने सम्भावना भएकोले सावधान रहनु होला । लगानीको लागिे आज दिन राम्रो छैन ।
वृश्चिक राशी
वृश्चिक राशीलाई सावधानी अपनाउनु पर्ने दिन छ । भय, कष्ट, रोग को समय चलेको छ ।जे पनि कु टाइममा हुन सक्ला, खानपानको समस्या, अपच हुनु, सास फेर्न समस्या आउनु, छातिमा समस्या, कोरोनाको संक्रमणबाट जोगिनु होला ।, चिन्ता कलह, धनहानी, अचानक नसोचेको घटना घटने आदि जस्ता अनिष्ट फल देखा पर्न सक्छ ।
धनु राशी
धनु राशीहुनेहरुको लागि दिन राम्रो छ । दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति, वाहन सुख, वैवाहिक सुख, मानसम्मानको योग, स्वागत सत्कारमा सरीक भइने, उत्तम भोजन, धनलाभ, रोकिएको कार्य बन्नुको साथै शत्रुहरु पराजित हुनेछन । विद्यार्थी वर्गहरुलाइ परिक्षा प्रतियोगीतामा राम्रो हुने । व्यापार व्यवसायमा लाभ । नयाँ कार्यमा लगानीको लागि समय राम्रो छ । प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने, भोग विलास र मनोरन्जनमा समय बित्नेछ । सन्तान पक्षको विशेष ख्याल गर्नुपर्नेछ । खराब कर्मबाट भने जोगिनु पर्दछ ।
मकर राशी
मकर राशीवालाहरुको लागि समय राम्रो छ । आनन्दमय शुरुवात हुनेछ, धन लाभ हुने, आरोग्यता प्राप्ति हुने, कार्य क्षेत्रको गतिरोध हटने, मानसिक तनावमा कमी आउने, शत्रू पराजित हुने , मान सम्मान पाइने, पारिवारिक सुखमा वृद्धि हुने । प्रेम सम्बन्धमा मधुरता आउने । कसै कसैको महिलाहरु सँगको सम्पर्क बढन जानेछ । विद्यार्थीहरुलाइ समय राम्रो हुनेछ, खर्चमा भने अलि नियन्त्रण राख्नुहोला ।
कुम्भ राशी
दिन अनुकुल छैन । यात्रामा कष्ट तथा दुर्घटना को संभावना, कार्यक्षेत्रमा असफलता, मन अशान्त हुने, धनको नोक्सानी या अनावश्यक खर्च हुने, स्वास्थ्यको ख्याल गर्नुपर्ने अवस्था आउन सक्छ । सन्तानको तर्फबाट चिन्ता वा सन्तानलाई कष्ट पर्ने योग देखिएको छ । प्रेम सम्बन्धमा असमझदारी बढन सक्ने, निर्णय क्षमतामा ह्रास आउने, विद्यार्थीहरुको लागि दिन प्रतिकुल छ । व्यवसायमा गतिरोध भएकोले आज कुनै लगानी नगर्नुहोला,
मीन राशी
प्रतिकूल समय छ । आफन्तहरुसँग विवाद, सम्पत्ति सम्बन्धि विवाद, मन चंचल रहने, छातीमा कष्ट, पीडा, धनहानी, मानसिक सन्ताप पर्ने, जल तथा स्त्रि जातिबाट भय वा समस्या, व्यवसाय गतिरोधको सामना गर्नुपर्नेछ । लगानीलाइ समय अशुभ छ। कुनै पनि नयाँ सामान वा सवारी साधन आदि खरीद नगर्दा राम्रो । गृह कलह बाट जोगिनु राम्रो । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ, समयमै खानपान नहुने, निद्रामा बाधा आउने तथा चिसोजन्य रोगबाट बच्नुहोला ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com