प्रदेश १ र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमापात, बाँकी क्षेत्रको मौसम सफा


काठमाडाैं, माघ १३ । मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको अवस्थामा हाल देशका पूर्वी पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै आजको अधिकतम तापक्रम १८ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका प्रदेश न. १ र गण्डकी प्रदेशका पहाडी भू–भागहरूको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ ।

त्यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानहरुमा हल्का हिमापाको संभावना रहेको छ । देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

आज राती प्रदेश नं. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागहरूको मौसममा आंशिक बदली रहने सभावना छ । देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope