काठमाडौं । राप्रपाका नेता, पूर्वमन्त्री बिक्रम पाण्डेसहित २१ जनाले १३ अर्ब भ्रष्टाचार गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा सोमबारदेखि विशेष अदालतमा सुनुवाई सुरू भएको छ ।
सिक्टा सिंचाई आरोजनाको नहर भत्किएपछि कमसल सामग्री प्रयोग गरेर भ्रष्टाचार गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक पाण्डेसहित २१ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दा विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजालसमा सुनुवाई भइरहेको छ । सोमबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । अदालतले प्राथमिकता साथ मुद्दाको फाइल खोलेको हो ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com