बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख नाघ्यो


एजेन्सी । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार एकै दिनमा एक हजार ६ सय ३१ जना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या एक लाख नाघेको हो ।

बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख १६२ पुगेको बीबीसीले जनाएको छ । युरोपियन मुलुकमा मृतक संख्या एक लाख बढी हुनेमा बेलायत पहिलो मुलुक बनेको छ । यसैगरी विश्वमा मृतक संख्याको आधारमा बेलायत पाँचौं स्थानमा छ ।

पछिल्लो २४ घन्टामा २० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । योसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३६ लाख ८९ हजार ७४६ पुगेको छ । पछिल्ला दिनमा बेलायतमा नयाँ संक्रमितको संख्यामा कमी हुँदै गएको त्यहाँको सरकारले जनाएको छ ।

यसअघि तीन हप्ता भन्दा बढी दैनिक ४० हजार भन्दा बढी संक्रमित हुने गरेको समाचार सार्वजनिक भएपनि पछिल्लो पटक सार्वजनिक तथ्यांक अनुसार संक्रमित संख्या बीस हजारमा झरेको छ । बेलायतका अस्पतालहरुमा हाल ३७ हजार भन्दा बढी संक्रमित भर्ना भएका छन् भने चार हजार भन्दा बढीको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

यसैबीच प्रधानमन्त्री बोरिस जोनसनले सरकारले जारी गरेको लकडाउनलाई पूर्णरुपमा पालना गर्न आग्रह गर्नुभएको छ । उहाँले स्वास्थ्यको मापदण्ड पालना गरेर महामारी नियन्त्रणमा सहयोग गर्न अपीलसमेत गर्नुभएको छ ।

प्रधानमन्त्री जोनसनेल कोरोनाविरुद्धको भ्याक्सिनको सहज उपलब्धताका लागि सरकार लागिपरेकोसमेत जानकारी दिनुभएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope