प्रधानमन्त्री कप क्रिकेटः पहिलो सेमीफाइनलमा एपीएफ र पुलिस भिड्दै

१४ माघ २०७७, बुधबार ०७:२३

काठमाडाैं, माघ १४ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत पहिलो सेमी फाइनल खेलमा बुधबार दुई विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) र डिफेन्डिङ च्याम्पियन टिम नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्दैछन्।

खेल विहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ। प्रतियोगिता अन्तर्गत समुह चरणको खेलमा समुह ‘ए’ को विजेताको रुपमा एपीएफ सेमीफाइनल पुगेको थियो। पुलिस समुह ‘बि’ को उपविजेताको रुपमा सेमीफाइनल पुगेको हो।

समुह चरणमा एपीएफले ४ वटै खेलमा जित दर्ता गर्ने क्रममा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, प्रदेश-१ र गण्डकी प्रदेशलाई पराजित गरेको थियो। पुलिसले पहिलो खेलमा बागमती प्रदेशसंग हार बेहोरेपछि सुदुरपश्चिम प्रदेश र प्रदेश-२ लाई पराजित गर्दा लुम्बिनी प्रदेशसंग बराबरी खेलेको थियो।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.