एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित दर्ता गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार राति भएको खेलमा वेस्ट ब्रुमलाई ५-० गोल अन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो । वेस्ट ब्रुमको मैदानमा सिटीलाई जित दिलाउन इल्के गुन्डोगानले दुई गोल गरे । यस्तै जोआ कान्सेलो, रियाद महरेज र रहिम स्ट्रर्लिङले एक एक गोल थपे ।

जितसंगै सिटीले १९ खेलमा ४१ अंक जोडेको छ । सिटी दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड भन्दा १ अंकले अघि छ । वेस्ट ब्रुम ११ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com